सुनचाँदीको मूल्यले तोड्यो रेकर्ड: नेपाल र अन्तर्राष्ट्रिय बजारमा ऐतिहासिक उचाइ

काठमाडौं। नेपाली बजारमा सुनचाँदीको मूल्य लगातार बढ्दै नयाँ रेकर्ड कायम गर्दैछ। हिजो प्रतितोला २४ सय रुपैयाँले बढेको सुनको मूल्य आज फेरि उच्च बिन्दुमा पुगेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ५ हजार २०० रुपैयाँले बढेर ३ लाख ९ हजार रुपैयाँ पुगेको छ। हिजो यो मूल्य प्रतितोला ३ लाख ३ हजार ८०० रुपैयाँ थियो। त्य...