काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेड र सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडबीच बीमित तथा बीमा अभिकर्ताहरूलाई लक्षित गर्दै आजीवन निःशुल्क क्रेडिट कार्ड सेवा उपलब्ध गराउने सम्बन्धी रणनीतिक सहकार्य भएको छ ।
काठमाडौंमा आयोजित एक कार्यक्रममा दुई संस्थाबीच समझदारीपत्रमा एनआईसी एशिया बैंकका प्रमुख कार्यकारी अधिकृत सुजित कुमार शाक्य र सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रकाश विक्रम खत्रीले हस्ताक्षर गरेका हुन् ।
सम्झौताअनुसार सूर्यज्योति लाइफका बीमित तथा बीमा अभिकर्ताहरूले कुनै पनि वार्षिक शुल्क नतिरी एनआईसी एशिया बैंकको क्रेडिट कार्ड प्राप्त गर्न सक्नेछन् । यस सेवाले आकस्मिक वित्तीय आवश्यकताको व्यवस्थापनसँगै डिजिटल भुक्तानी प्रणालीलाई थप सहज बनाउने विश्वास बैंकले लिएको छ ।
ग्राहकलाई परिष्कृत, सरल र आधुनिक बैंकिङ सेवा प्रदान गर्ने उद्देश्यअनुसार बैंकले बीमा क्षेत्रसँग सहकार्य विस्तार गरेको जनाएको छ । यस सहकार्यबाट सूर्यज्योति लाइफसँग आबद्ध बीमित र अभिकर्ताहरूलाई डिजिटल अर्थतन्त्रमा जोड्न उल्लेखनीय योगदान पुग्ने अपेक्षा गरिएको छ ।