हिमालयन एभरेष्ट इन्स्योरेन्सकी सीईओ अन्जु श्रेष्ठलाई अन्तर्राष्ट्रिय सम्मान

“Best Woman CEO in Strategic Leadership-General Insurance 2025” बाट सम्मानित

248 Shares

News Summary Generated by AP AI. Editorially Reviewed.

  • अन्जु श्रेष्ठलाई Women’s Tabloid “Best Woman CEO in Strategic Leadership-General Insurance २०२५” बाट सम्मान।
  • सम्मानले नेपाली बीमा उद्योग र महिला नेतृत्वको सामूहिक उपलब्धि जनाउँछ।
  • श्रेष्ठको नेतृत्वमा कम्पनीले नवप्रवर्तन, पारदर्शिता र ग्राहक केन्द्रित सेवा प्रवाहमा उन्नति।
  • अन्तर्राष्ट्रिय सञ्चार संस्थाको महिला नेतृत्व र उद्यमशीलतालाई प्रोत्साहन गर्ने प्रयास।
  • सम्मानले नेपाली बीमा क्षेत्रमा गुणात्मक प्रगतिको संकेत।

काठमाडौं — हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटेडकी प्रमुख कार्यकारी अधिकृत (सीईओ) अन्जु श्रेष्ठले अन्तर्राष्ट्रिय मान्यता प्राप्त Women’s Tabloid “The Voice of the Women” द्वारा “Best Woman CEO in Strategic Leadership-General Insurance २०२५” सम्मान प्राप्त गरेकी छन्।

यो सम्मान पाउनुलाई अन्जु श्रेष्ठले मात्र आफ्नो व्यक्तिगत उपलब्धि नभई समग्र नेपाली बीमा उद्योग र त्यसमा सक्रिय महिलाहरूको साझा सफलता रहेको बताएकी छन्। उनले आफ्नो टिमको निरन्तर सहयोग, परिश्रम र प्रतिबद्धता यस सफलताको मूल आधार भएको प्रष्ट पारिन्।

बेलायतस्थित Women’s Tabloid एक प्रतिष्ठित अन्तर्राष्ट्रिय सञ्चार संस्था हो, जसले विश्वभरका महिलाहरूलाई व्यवसाय, नेतृत्व र उद्यमशीलता क्षेत्रमा योगदानका लागि सम्मान गर्दै आएको छ। यस वर्ष हिमालयन एभरेष्ट इन्स्योरेन्सकी सीईओ श्रेष्ठले बीमा क्षेत्रमा उत्कृष्ट नेतृत्वको सम्मान हात पारेकी हुन्।

Women’s Tabloid का व्यवसाय विकास प्रबन्धक ड्यानियल डी’कोस्टाले भने, “महिलाहरूले व्यवसाय र नेतृत्वमा पुर्‍याएको योगदान अतुलनीय छ। हाम्रो प्रयास उनीहरूको मेहनत र उपलब्धिलाई अन्तर्राष्ट्रिय स्तरमा उजागर गर्नु हो।”

श्रेष्ठको नेतृत्वमा हिमालयन एभरेष्ट इन्स्योरेन्सले बीमा सेवामा नवप्रवर्तन, पारदर्शिता र ग्राहकमैत्री सेवाको क्षेत्रमा उल्लेखनीय प्रगति गरेको छ। डिजिटल प्रविधिको उपयोग, रणनीतिक योजना कार्यान्वयन र संस्थागत सुशासनमा केन्द्रित भएर कम्पनीले लगातार विकास गरेको छ।

यो सम्मानले अन्जु श्रेष्ठको रणनीतिक सोच र नेतृत्व क्षमतामा विश्वव्यापी विश्वास स्थापित गर्नुका साथै नेपाली बीमा क्षेत्रको समग्र प्रगतिको संकेत पनि हो।