माछापुच्छ्रे बैंकको नाफामा २५ प्रतिशत वृद्धि, खुद नाफा १ अर्ब नाघ्यो

24 Shares

News Summary Generated by AP AI. Editorially Reviewed.

  • 📈 खुद नाफा १ अर्ब नाघ्यो
  • 💰 खुद ब्याज आम्दानीमा वृद्धि
  • 🏦 कुल आम्दानी बढ्यो, सञ्चालन नाफा घट्यो
  • 📊 ईपीएस सुधार, एनपीएल घट्दो
  • 🤝 कर्जा–निक्षेप विस्तार

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले चालू आर्थिक वर्ष २०८२/८३ को दोस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गर्दै नाफा र आम्दानी सूचकमा सकारात्मक सुधार देखाएको छ।

बैंकले सार्वजनिक गरेको विवरणअनुसार गत आर्थिक वर्षको पुस मसान्तसम्म ८० करोड ७३ लाख २७ हजार रुपैयाँ खुद नाफा आर्जन गरेकोमा चालू आवको सोही अवधिमा २५.२५ प्रतिशतले वृद्धि गर्दै १ अर्ब १ करोड ११ लाख ७३ हजार रुपैयाँ खुद नाफा कमाएको छ।

बैंकको खुद ब्याज आम्दानी पनि वृद्धि भएको छ। गत आवको दोस्रो त्रैमासमा २ अर्ब ८२ करोड ३६ लाख ७० हजार रुपैयाँ रहेको खुद ब्याज आम्दानी चालू आवमा ४.१६ प्रतिशतले बढेर २ अर्ब ९४ करोड १० लाख १६ हजार रुपैयाँ पुगेको छ।

यस अवधिमा बैंकको कुल सञ्चालन आम्दानी ३ अर्ब ६९ करोड ९९ लाख ४१ हजार रुपैयाँबाट बढेर ४ अर्ब २ करोड ६९ लाख ९१ हजार रुपैयाँ पुगेको छ। यद्यपि सञ्चालन नाफा भने अघिल्लो वर्षको १ अर्ब ६२ करोड २७ लाख ९७ हजार रुपैयाँबाट घटेर १ अर्ब ४५ करोड ६८ लाख ९१ हजार रुपैयाँमा सीमित भएको छ।

प्रतिशेयर आम्दानी (ईपीएस) १३.३६ रुपैयाँबाट बढेर १६.७३ रुपैयाँ पुगेको छ। बैंकको खराब कर्जा (एनपीएल) ४.५४ प्रतिशतबाट घटेर ४.२५ प्रतिशतमा झरेको छ भने प्रतिशेयर नेटवर्थ १६१.६ रुपैयाँ कायम रहेको छ।

१२ अर्ब ८ करोड ६२ लाख रुपैयाँ चुक्ता पूँजी रहेको बैंकको शेयर प्रिमियम ३ करोड ८ लाख रुपैयाँ, जगेडा कोषमा ४३ करोड ६३ लाख रुपैयाँ तथा रिजर्भ कोषमा ६ अर्ब ९८ करोड १८ लाख रुपैयाँ सञ्चित रहेको छ। बैंकले हाल १ खर्ब ५४ अर्ब ९५ लाख रुपैयाँ कर्जा प्रवाह गरी २ खर्ब ४ अर्ब ४ करोड ७१ लाख रुपैयाँ निक्षेप संकलन गरेको जनाएको छ।