पाल्पा सिमेन्टको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

22 Shares

News Summary Generated by AP AI. Editorially Reviewed.

  • ⏰ आज अन्तिम मौका
  • 🏭 स्थानीयका लागि मात्र
  • 💰 १८.७५ लाख कित्ता शेयर
  • 📈 कुल आईपीओ ७५ लाख कित्ता
  • 📝 १० देखि १ लाख कित्तासम्म आवेदन

काठमाडौं । पाल्पा सिमेन्ट इण्डष्ट्रीज लिमिटेडको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) मा आवेदन दिने आज माघ ११ गते अन्तिम दिन रहेको छ। कम्पनीले उद्योग प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि पुस २५ गतेदेखि आईपीओ निष्कासन तथा बिक्री खुला गरेको थियो।

कम्पनीका अनुसार आज बैंकिङ समयभित्र आवेदन दिन सकिनेछ। यस आईपीओमार्फत पाल्पा सिमेन्टले जारी पूँजीको ५ प्रतिशत हिस्सा स्थानीय बासिन्दाका लागि छुट्याएको हो।

कम्पनीले कुल जारी पूँजी ३ अर्ब ७५ करोड रुपैयाँको २० प्रतिशत अर्थात ७५ करोड रुपैयाँ बराबरको ७५ लाख कित्ता शेयर निष्कासन गर्ने अनुमति पाएको छ। सोमध्ये उद्योग प्रभावित क्षेत्रका लागि १८ करोड ७५ लाख रुपैयाँ बराबरको प्रतिकित्ता १०० रुपैयाँ दरका १८ लाख ७५ हजार कित्ता साधारण शेयर निष्कासन गरिएको हो।

यो आईपीओ पश्चिम नवलपरासी (साविक नवलपरासी जिल्ला) तथा खानी रहेको पाल्पा जिल्लाका स्थानीय बासिन्दाका लागि मात्र खुला गरिएको छ।

आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्म आवेदन दिन सकिने व्यवस्था गरिएको छ।