९ अंकले बढ्यो नेप्से, ९ अर्बभन्दा बढीको कारोबार

29 Shares

News Summary Generated by AP AI. Editorially Reviewed.

  • 📈 नेप्से वृद्धि : ९.२३ अंक (०.३४%)
  • 💰 कुल कारोबार : ९.०७ अर्ब रुपैयाँ
  • 📦 कारोबार भएको कित्ता : १.९० करोड
  • 🔺 बढ्ने कम्पनी : १६२
  • 🏢 कारोबारमा आएका कम्पनी : ३३२

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आज ९.२३ अंकले वृद्धि भएको छ। बजार ०.३४ प्रतिशतले बढ्दै २७१४.६१ विन्दुमा पुगेर बन्द भएको हो।

नेप्से उकालो लागेसँगै आज सेयर बजारमा ९ अर्ब ७ करोड ३९ लाख ७८ हजार रुपैयाँ बराबरको कारोबार भएको छ। यस क्रममा १ करोड ९० लाख ७५ हजार ७५६ कित्ता सेयर किनबेच भएका छन्।

बजार बन्द हुँदा १६२ कम्पनीको सेयर मूल्य बढेको छ भने ८८ कम्पनीको मूल्य घटेको छ। १० कम्पनीको सेयर मूल्य स्थिर रहेको नेप्सेले जनाएको छ।

आज कुल ३३२ कम्पनीको सेयर कारोबार हुँदा ९४ हजार १७४ पटक कारोबार भएको थियो।