नेपाल एसबिआई बैंकको सामाजिक उत्तरदायित्व, वृद्धाश्रममा न्यानो सहयोग

23 Shares

News Summary Generated by AP AI. Editorially Reviewed.

  • 🤝 CSR पहल : वृद्धाश्रममा सहयोग सामग्री वितरण
  • 👵👴 लाभान्वित : ६४ जना वृद्धवृद्धा
  • 🧣 सामग्री : न्यानो कपडा, ब्ल्याङ्केट, केटल, चप्पल
  • 👤 हस्तान्तरण : सीईओ रामकुमार तिवारीद्वारा
  • 🏦 नेटवर्क : १०२ शाखा, १२७ एटिएम

काठमाडौं। नेपाल एसबिआई बैंक लिमिटेडले आफ्नो सामाजिक उत्तरदायित्व (CSR) कार्यक्रम अन्तर्गत काठमाडौंको पशुपति स्थित समाज कल्याण केन्द्र वृद्धाश्रममा आश्रित ६४ जना वृद्धवृद्धालाई अत्यावश्यक सामग्री वितरण गरेको छ।

बैंकले वृद्धवृद्धाको तत्काल आवश्यकतालाई ध्यानमा राख्दै न्यानो कपडा, ब्ल्याङ्केट, क्लथ ड्रायर, तन्ना, इलेक्ट्रिक केटल, न्यानो चप्पल लगायतका सामग्री उपलब्ध गराएको जनाएको छ।

कार्यक्रमका अवसरमा बैंकका प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत रामकुमार तिवारीले समाज कल्याण केन्द्र वृद्धाश्रमकी प्रमुख शशी पौडेललाई सहयोग सामग्री औपचारिक रूपमा हस्तान्तरण गरेका थिए।

कार्यक्रममा पशुपति विकास कोषका सदस्य सचिव प्रकाशमणि शर्मा भुषाल, कोषाध्यक्ष श्रीधर सापकोटा, बैंकका नायब प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख सञ्चालन अधिकृत विकास आनन्द, प्रमुख वित्तीय अधिकृत राजेश कुमार पण्डा, प्रमुख व्यवसाय प्रवर्द्धन अधिकृत प्रवीण मुनि बज्राचार्यलगायत बैंक तथा संस्थाका पदाधिकारीहरूको उपस्थिति रहेको थियो।

नेपाल एसबिआई बैंकले समुदायस्तरमा यस्ता सामाजिक उत्तरदायित्वका कार्यक्रम निरन्तर सञ्चालन गर्दै आएको जनाएको छ। बैंकले विगत ३२ वर्षदेखि नेपालमा बैंकिङ सेवा प्रदान गर्दै आएको छ।

हाल बैंकका देशभर १०२ शाखा, २२ एक्सटेन्सन काउन्टर, ७ प्रादेशिक कार्यालय, २१ शाखारहित बैंकिङ सेवा केन्द्र, १२७ एटिएम तथा एक कर्पोरेट कार्यालय सञ्चालनमा छन्।