सुनचाँदीको मूल्यले तोड्यो रेकर्ड: नेपाल र अन्तर्राष्ट्रिय बजारमा ऐतिहासिक उचाइ

29 Shares

News Summary Generated by AP AI. Editorially Reviewed.

  • 🥇 सुन नयाँ रेकर्डमा: छापावाल सुन प्रतितोला ३ लाख ९ हजार रुपैयाँमा पुगेको छ।
  • 🪙 चाँदीको मूल्य पनि उच्च: प्रतितोला ६,७६५ रुपैयाँमा नयाँ कीर्तिमान।
  • 🌏 अन्तर्राष्ट्रिय बजार रेकर्ड: सुन पहिलो पटक प्रति औंस ५,००० अमेरिकी डलर, चाँदी १०० अमेरिकी डलर नाघ्यो।
  • 📈 लगातार वृद्धिदर: सन् २०२५ र २०२६ मा सुनचाँदीको मूल्य लगातार बढ्दै आएको छ।
  • ⚠️ मूल्य वृद्धिका कारण: भूराजनीतिक तनाव, वित्तीय अस्थिरता र अमेरिकी व्यापार नीति।

काठमाडौं। नेपाली बजारमा सुनचाँदीको मूल्य लगातार बढ्दै नयाँ रेकर्ड कायम गर्दैछ। हिजो प्रतितोला २४ सय रुपैयाँले बढेको सुनको मूल्य आज फेरि उच्च बिन्दुमा पुगेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ५ हजार २०० रुपैयाँले बढेर ३ लाख ९ हजार रुपैयाँ पुगेको छ। हिजो यो मूल्य प्रतितोला ३ लाख ३ हजार ८०० रुपैयाँ थियो।

त्यसैगरी, चाँदीको मूल्य पनि नयाँ रेकर्ड बनाउँदै प्रतितोला २८५ रुपैयाँले बढेर ६ हजार ७ सय ६५ रुपैयाँ पुगेको छ। हिजो प्रतितोला ६ हजार ४ सय ८० रुपैयाँमा कारोबार भएको थियो।

अन्तर्राष्ट्रिय बजारमा पनि सुनको मूल्य पहिलो पटक प्रति औंस ५,००० अमेरिकी डलरभन्दा माथि पुगेको छ। सन् २०२५ मा सुनको मूल्य ६० प्रतिशतभन्दा बढीले बढेको थियो र २०२६ मा पनि ऐतिहासिक रेकर्ड कायम राख्ने क्रम जारी छ।

चाँदीको मूल्य पनि पहिलो पटक अन्तर्राष्ट्रिय बजारमा प्रति औंस १०० अमेरिकी डलर नाघेको छ। अघिल्लो वर्ष झन्डै १५० प्रतिशतले बढेको चाँदीको मूल्य यस वर्ष पनि उच्च रहने प्रक्षेपण गरिएको छ।

विशेषज्ञहरूले सुनचाँदीको मूल्य वृद्धिको कारण अमेरिका–नाटोबीच ग्रिनल्याण्ड मुद्दा, वित्तीय तथा भूराजनीतिक अनिश्चितता, र अमेरिकी व्यापार नीति जस्ता कारकहरू भएको बताएका छन्।