सुपर हेवा पावरको आईपीओ आउँदै, १९ करोड २९ लाखको शेयर निष्काशन तयारी

28 Shares

News Summary Generated by AP AI. Editorially Reviewed.

  • 💧 जलविद्युत क्षेत्रमा नयाँ आईपीओ – सुपर हेवा पावर कम्पनी
  • 💰 १९ करोड २९ लाख रुपैयाँ – कुल आईपीओ आकार
  • 📊 १९ लाख २५ हजार कित्ता शेयर – सर्वसाधारणका लागि
  • 🏦 मुक्तिनाथ क्यापिटल – बिक्री तथा प्रत्याभूति प्रबन्धक
  • ⚡ ६ मेगावाट आयोजना – संखुवासभाको हेवा खोला

काठमाडाैं । जलविद्युत् क्षेत्रमा लगानी विस्तार गर्ने उद्देश्यसहित सुपर हेवा पावर कम्पनी लिमिटेडले सर्वसाधारणका लागि प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) ल्याउने तयारी गरेको छ। कम्पनीले १९ करोड २९ लाख रुपैयाँ बराबरको आईपीओ निष्काशन गर्ने भएको हो।

आईपीओ अन्तर्गत कुल १९ लाख २५ हजार कित्ता साधारण शेयर निष्काशन गरिनेछ। यसका लागि कम्पनीले शेयर निष्काशन तथा बिक्री प्रबन्धन (अन्डरराइटिङ) कार्य गर्न मुक्तिनाथ क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धक नियुक्त गरेको छ।

यस सम्बन्धी सम्झौता पत्रमा सुपर हेवा पावर कम्पनीका अध्यक्ष हर्कबहादुर तामाङ र मुक्तिनाथ क्यापिटल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत कबिन्द्र ध्वज जोशीले हस्ताक्षर गरेका छन्।

सुपर हेवा पावरले संखुवासभा जिल्लाको चैनपुर नगरपालिका–४ क्षेत्रमा अवस्थित हेवा खोलाको पानी उपयोग गरी ६ मेगावाट क्षमताको जलविद्युत आयोजना निर्माण गरिरहेको छ। आयोजना सम्पन्न भएसँगै स्थानीय तथा राष्ट्रिय विद्युत आपूर्तिमा योगदान पुग्ने अपेक्षा गरिएको छ।