काठमाडौं। सोलु हाइड्रोपावर लिमिटेडको प्राथमिक शेयर (आईपीओ) बाँडफाँट आगामी साता हुने भएको छ। कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड र हिमालयन क्यापिटल लिमिटेड ले बाँडफाँट प्रक्रियालाई अन्तिम चरणमा पुर्याइरहेका छन्।
कम्पनीको आईपीओमा कुल २५ लाख ७० हजार ४२२ जना आवेदक ले ३ करोड १७ लाख ८ हजार ३९० कित्ता शेयर का लागि आवेदन दिएका छन्। यो माग निष्कासन गरिएको शेयरभन्दा ३.८६ गुणाले बढी हो। कुल आवेदन रकम ३ अर्ब १७ करोड ८ लाख ३९ हजार रुपैयाँ पुगेको छ।
आईपीओ बाँडफाँटपछि करिब ८ लाख २० हजार आवेदक ले १० कित्ताका दरले शेयर प्राप्त गर्नेछन्। कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ का दरले कुल २ करोड कित्ता आईपीओ निष्कासन गर्ने अनुमति पाएको थियो।
यसअन्तर्गत आयोजना प्रभावित स्थानीयवासीका लागि १ करोड कित्ता र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि १० लाख कित्ता शेयर पहिले नै बाँडफाँट भइसकेको छ। बाँकी ९० लाख कित्ता मध्ये ५ लाख कित्ता सामूहिक लगानी कोष र ३ लाख कित्ता कर्मचारीहरू का लागि सुरक्षित गरिएको थियो।
यसपछि बाँकी रहेको ८२ लाख कित्ता शेयर सर्वसाधारणका लागि निष्कासन गरिएको हो।
आईपीओ निष्कासनका लागि गरिएको रेटिङमा इन्फोमेरिक्स क्रेडिट रेटिङ नेपाल ले सोलु हाइड्रोपावर लिमिटेडलाई ‘आईआरएन डबल बी इस्यूअर रेटिङ’ प्रदान गरेको छ।